पत्रकार नवीन लामिछाने नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा निर्बिरोध

२३ चैत्र, काठमाडौं । विगत १० वर्ष देखि पत्रकारिता पेशामा आबद्ध नवीन लामिछाने नेपाल पत्रकार महासंघ मनाङ शाखाको अध्यक्ष चयन हुनुभएको छ । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र शाखा कार्यसमिति गरी तिन तहको निर्वाचन अन्तर्गत हिमालपारीको मनाङ जिल्लाको अध्यक्षमा लामिछाने निर्बिरोधरुपमा चयन हुनु भएको हो ।

नेपाल टेलिभिजनका मनागं जिल्लाका सम्वाददाता लामिछाने नेपाल प्रेस युनियन मनाङका अध्यक्ष पनि हुनुहुन्छ । मनाङ जिल्लाको सबै गाउँ र ठाउँ-ठाउँमा पुगेर स्थलगत रिपोटिङ गर्ने लामिछानेले गिरिजाप्रसाद फाउण्डेसन अमेरीका र नेपाल टेलिभिजन गण्डकी प्रदेशका उत्कृष्ट रिपोर्टरको सम्मान पाउनुभएको छ ।

विश्वकै सर्बाधिक अग्लो स्थानमा रहेको तिलिचो तालमा ३४ पटकसम्म पुगेर स्थलगत रिपोटिङ गरि रेकर्ड राख्नुभएका लामिछाने साहसी पत्रकारको रुपमा नेपालभर परिचित हुनुहुन्छ ।

लामिछानेले विश्व को १० नम्बर मा पर्ने अन्नपूर्ण पदमार्ग ५ हजार ४ सय १६ मिटरको थोरङ्ला भन्ञ्याङ १६ पटकसम्म पास गरेर १८ दिन सम्मको पैदल यात्रा पनि गर्नुभएको छ ।

लामिछानेको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिमा उपाध्यक्ष सन्तोष श्रेष्ठ, महिला उपाध्यक्ष सबिना सिंह महर्जन , सचिव रिया गुरुङ, समावेशी सचिव पुर्ण गुरुङ , कोषाध्यक्ष मालती घले र सहसचिव तिल वहादुर गुरुङ चयन हुनुभएको छ । त्यसैगरि समितिका सदस्यहरुमा सुरेश थापा , शोल वहादुर गुरुङ , फुर्व छिरीङ र सुक बहादुर बि.क. रहनुभएको छ । त्यसैगरि केन्द्रिय पार्दषमा मिनकाशी गुरुङ र पशुपति अधिकारी र प्रदेश पार्दषमा बुद्धि गुरुङ सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment