कोरोना संक्रमणपछि अक्षय कुमार अस्पताल भर्ना

२३ चैत, एजेन्सी । आइतबार विहान अभिनेता अक्षय कुमारले आफू कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । कोरोना रिर्पोट पोजेटिभ आएसँगै उनी होम–क्वारिन्टिनमा बसिरहेका थिए ।

अक्षय अस्पताल भर्ना भएका छन् । उनलाई सोही दिन बेलुका नै होम–क्वारिन्टिनबाट अस्पताल लगिएको हो । उनी अहिले हिरानन्दानी अस्पतालमा छन् ।

अस्पताल भर्ना भएको खबर पनि अक्षय स्वयंले ट्विट गर्दै जानकारी दिएका हुन् । उनी लेख्छन्, “तपाईं सबैको प्रार्थनाको लागि धन्यवाद र यसले काम पनि गरिरहेको छ । म ठिक छु । तर सावधानीका लागि चिकित्सकहरुको सुझावपछि अस्पताल भर्ना भएको छु । आशा छ चाँडै घर फर्किने छु ।”

चलचित्र ‘राम सेतु’को सेटमा हुँदा उनमा संक्रमण भएको हो । उनका साथै सेटका अन्य ४५ जनाको रिर्पोट पनि पोजेटिभ आएको छ ।

नवभारत टाइम्स

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment