पूर्वप्रधानसेनापति राणाको निधन

२३ चैत, काठमाडौं । पूर्व प्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा हिजाे निधन भएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

राणा २०४० साल जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए । उनका चार छोरी छन् । उनको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment