आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा अफ्रिकन रुट एसोसियसन

२२ चैत, काठमाडौं । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक एक गोल गरे । मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए ।

क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो । उनले डि-बक्स भित्र पाएको अवसरलाई सहज गोलमा परिणत गरे ।

खेलको ८२ औं मिनेटमा डिजोमोको पासलाई सदुपयोग गर्दै एनजिमीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अभिषेकले एक गोल गरेपनि मछिन्द्र २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार भएको पहिलो खेलमा जित निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछ ।

अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment