नायिका प्रियङ्का कार्कीले भनिन् ‘येस वी आर प्रेगनान्ट’

२० चैत्र, काठमाडौं । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको खुलाएकी छन् । शुक्रबार साँझ सामाजिक संजालमा श्रीमान तथा नायक आयुष्मान जोशीसँगको तस्बीर राख्दै आफू गर्भवती भएको खुलाएकी छन् ।

उनले फेशबूकमा लेखेकी छन्, ‘यू क्यान स्टप आस्कीङ नाउ, येस वी आर प्रेगनान्ट।’

यसअघि प्रियङ्का कार्की गर्भवती भएको अनुमान शुभचिन्तक तथा दर्शकहरुले गर्दै आएका थिए ।

कतिपयले उनलाई बिभिन्न माध्यमबाट गर्भवती भएको हाे की? भन्दै प्रश्न गरेका थिए ।

जसको जवाफ स्वरुप उनले आफू गर्भवती भएको स्वीकार गर्दै स्टाटस लेखेकी छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment