प्रतिनिधि सभा बैठकमा उठ्यो म्यानमारको सेनाले गरिरहेको दमनको मुद्दा

१८ चैत, काठमाडौ । प्रतिनिधि सभा बैठकमा उठ्यो म्यानमारको सेनाले गरिरहेको दमनको मुद्दा
जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले म्यानमारमा भइरहेको सैन्य दमनका विषयमा नेपाल बोल्नुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले लोकतन्त्र र मानव अधिकारका पक्षमा उभिएका म्यानमारका नागरिकमाथि सैनिकले गोली हानेकोमा विरोध गरेका छन्।

‘जुन देशमा लोकतन्त्रको हत्या हुन्छ, त्यसबारेमा हामी गम्भीर हुनुपर्छ र नेपाल सरकार बोल्नुपर्छ,’ कर्णले भने, ‘ म्यानमारमा जे भइरहेको छ त्यो संवेदनशील छ ।’ उनले मानव अधिकार र लोकतन्त्रका लागि जोडदार आवाज उठाउनु पर्ने बताए ।

त्यसैगरी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले निर्वाचित सरकारलाई अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा विरोध गरेका छन्।‘म्यानमारमा पछिल्लो पटक निर्वाचित सरकारलाई त्यहाँको सेनाले अपदस्त गरेर सैन्य शासन प्रारम्भ गरेकोमा म घोर भर्त्सना गर्दछु,’ उनले भने, ‘लोकतन्त्र र मानव अधिकारका पक्षमा आवाज बुलन्द गरिरहेका नागरिकलाई सेनाले दमन गरेको छ।

सेनाले म्यानमारको शासन आफ्नो हातमा लिएपछि त्यसको विरोधमा दिनहुँ विरोध प्रदर्शन भइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment