अपडेट : घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी भारतको सितामढीमा भेटिए

१८ चैत, जनकपुरधाम । मंगलबार दिउँसो घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा भेटिएका छन् । महोत्तरीको भंगहा नगरपालिकाका मेयर मेयर संजीव साहले बेपत्ता सातै जना भारतको सितामढीमा भेटिएको डिजिटल खबरलाई जानकारी दिए ।

उनले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार सबै किशोरी सकुशल अवस्थामा रहेको र नेपाल फर्काउने तयारी भईरहेको छ।

न्युज २४ नेपाललाई मेयर साहले भने, ‘भारत प्रहरीसँगको सहकार्यमा ती बालिका तथा किशोरीहरुको उद्धार गर्नलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी भारत प्रस्थान गरिसकेको छ । त्यहाँ पुगेपछि सबै विवरण आउनेछ ।’

मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ती बालिका तथा किशोरीहरु बुधबार बिहान सितामढीमा रहेको सूचनाप्राप्त भएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली भारततर्फ अघि बढेको हो ।

घाँस काट्न जाँदा हराउनेहरुमा १७ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान रहेका छन् ।

मेयर साहकाअनुसार सबै बालिका-किशोरी सकुसल रहेको प्रहरीले जनाएको छ । यद्यपि, उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको पनि उनले बताए ।

याे पनि हेर्नुहाेस् :

घाँस काट्न गएका सातजना किशोरी वेपत्ता, प्रहरीको खोजी जारी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment