एनआरएन डेभलपमेन्ट फन्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता

१७ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गरेको एनआरएनए डेभलपमेन्ट फण्ड कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले जनाएअनुसार ५ प्रतिशत लगानीसहित सरकारसमेत प्रवर्द्धक रहेको उक्त कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको छ । र, त्यो यसै हप्ताबाट प्राप्त हुने पनि उनले विश्वास दिलाएका छन् ।

पन्तका अनुसार १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ । ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर ९आईपीओ० निष्काशन हुने र जसमा दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा राखिएको पनि पन्तले जनाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment