चाहे जस्तै विराजको विदाई, पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा

१७ चैत, काठमाण्डौँ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । त्रिदेशीय कप फुटबलको फाइनलमा बङ्गलादेशविरुद्ध खेल्दै विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

नेपालका लागि समर्थकमाझ अन्तिम खेल खेल्दा गर्व लागेको र यो क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । उनले सन् २००८ मा पोखरा रंगशालामा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दा १ गोल गरेका छन् । उनलाई गार्ड अफ अनर प्रदान गरिएको छ । सोमबार प्रधानमन्त्री ओलीले उनलाई मायाको चिनो दिएका छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्यासको घोषणा गर्नुभएको हो । उपाधि जितेको नेपाललाई खुसी सँगै विराजको सन्यासले केही भावुक पनि बनायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औं अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्यासको घोषणा गर्नुभएको छ । दशरथ रंगशालामा सोमबार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशको टोलीलाई २–१ ले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्यासको घोषणा गर्नुभएको हो । अन्तिम पटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।

डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्ष पछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसी सँगै भावुक पनि भएका थिए ।

बंगलादेशविरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३औं प्रतिस्पर्धा रह्यो । वैकल्पिक खेलाडीका रूपमा ९०औं मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाएका हुन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यस अघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बन्नु भएको छ ।

कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्मब्यान्ड पहिरिनु भएको थियो । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन आउट हुँदै फुटबल खेल्नु भएका विराजले यस अघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्नु भएको थियो ।

थ्री स्टार, मनाङ मस्र्याङ्दीका लागि तीन लिग उपाधि दिलाउनुभएएका विराजको कप्तानीमा सन २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्षको सोलिडारिटी कपको उपाधि नेपाले हात पारेको थियो । नेपालले १२ औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराजन नै कप्तान रहनु भएको थियो ।

सोही आधारलाई मान्दा विराज सर्वाधिक सफल खेलाडीको परिचय बनाउन सफल हुनु भएको छ । सन्यासको घोषणा गरेका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिनुभयो । खेलकुदलाई जीवन अपूर्ण जो कोही खेलाडीलाई सन्यासको घोषणा गर्नु निकै पीडाको क्षण हुने गर्दछ । सफल रक्षक गनिने विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीको रूपमा सधैँ सम्झिरहनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment