सातामै २७ अर्ब कर्जा प्रवाह, निक्षेप संकलन भने १० अर्ब

१६ चैत, काठमाडौँ ।  पछिल्लो केही साता यता बैंकहरुले आक्रामक रुपमा कर्जा विस्तार गरेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको कर्जा प्रवाह पछिल्लो एक सातामा २७ अर्ब रुपैयाँ बढेको छ । चैत १२ गतेसम्म बैंकहरुले ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत ६ गतेसम्म बैंकहरुले ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यो तथ्यांक हेर्दा पछिल्लो समय कर्जा प्रवाह विस्तारै बढ्दै गएको देखिन्छ । 

यता, एक साताको अवधिमा निक्षेप संकलन भने १० अर्ब रुपैयाँले बढेको छ । संघको तथ्यांकअनुसार चैत १२ गतेसम्ममा बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो साता (चैत ६ गतेसम्म) बैंकहरुले ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment