विश्वकप फुटबल छनौट : फ्रान्सले काजकस्तानलाई हरायो, फ्रान्सको पहिलो जित

१६ चैत, एजेन्सी । फिफा विश्वकप फुटबल छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।

स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ ।

फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको थियो । उनले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए ।

आइतबार राति भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो । काजकिस्तानको मैदानमा खेलको २०औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४औँ मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ‘डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । काजकिस्तान अंक विहीन हुँदै पुछारमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment