अपाङ्गता दाजु-बैनीलाई सहयोग गर्न होलि कार्यक्रम नै छोडेर सिमरा पुगेः अभियन्ता लामिछाने

१५ चैत्र, चितवन । अपाङ्गताको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाबीच तालमेल नमिल्दा हजार जनाभन्दा बढी अपाङ्गता परिचयपत्र लिनबाट वञ्चित रहेका छन् ।

बारामा धेरै अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्गको क्षेत्रमा काम गर्नेहरुको दाबी रहेको छ । तर महिला विकास कार्यालयबाट जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रदान गर्ने अपाङ्गता परिचयपत्र लिने अपाङ्गता भएकाको सङ्ख्या न्यून रहेको तीसँग सरोकार राख्नेहरुको भनाइ रहेको छ ।

स्थानीयस्तरमा अपाङ्गताको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुले पनि अपाङ्गता भएकाको सही तथ्याङ्क र परिचयपत्रको महत्व बुझाउन नसक्दा पनि समस्या भएको हो । अपाङ्गता भएकाको पक्षमा सरकारले अपाङ्गतामैत्री समाज निर्माण गर्दा सरकारी र गैरसरकारी संस्थाबीच सहकार्यमा केही कमजोरी भए तत्काल सच्चाएर काम गर्नुपर्ने देखिन्छ।

सामाजिक अभियान र सरकार भनेको एक अर्काका परिपूरक हुनुपर्छ। किनभने सामाजिक अभियन्ताहरु जति छन् देशभरी उनीहरुले नै सरकारलाई समर्थन गर्ने हो। नेपालमा अहिले फरक भएको छ।

सामाजिक अभियानता भनेको सरकारको विरोध गर्ने वा माइतीघरमा जाने अथवा देशका मुख्य मुख्य शहरका चोक–चोकमा सरकार विरुद्ध आन्दोलन गर्ने। यस्तो प्रवृत्तीचाहिँ अहिले बृद्धि भएको छ। तर, मैले बुझ्ने सामाजिक अभियान भनेको चाहिँ समाजलाई माथि ल्याउन खोज्ने र समाजमा नयाँ अभियान ल्याउने हो।

जसले प्रत्यक्ष रुपमा सरकारलाई नै टेवा पुग्छ। नेपालमा यो खालको गतिविधि नभएको सरकार आफै अस्तव्यस्त भएकोे र सरकारले जसरी सामाजिक अभियन्ताहरुलाई उर्जा दिनुपथ्र्यो त्यो छैन। एघार वर्ष अगाडि म ‘‘नेपाल भ्रमण बर्ष २०११ को प्रचार-प्रशार र बिश्वको बालबालिका संरक्षण गरौ’’ भनि २९ वोटा देशको यात्रा गरेका थिए त्यहाँका स्थानिय सरकार वातावरण मन्त्रीसँग मिलेर ‘बीच’ सामाजिक अभियानहरुकाे साथ लिएर काम गरेकाे थिए भन्छन् लामिछाने।

हुँदा खानेहरुको मनभित्र आफ्नो खुसी खोजिरहने सागर…

त्यस्तै बाराकाे सिमरामा अपाङ्गता दाजु बैनीलाई सहयोग गर्न होलि कार्यक्रम नै छोडेर सिमरा पुगेः अभियन्ता लामिछाने।

जानकारी पाएको भोलिपल्टै व्हिल चेयर, खाद्यान्न र केही नगदका साथ समाजसेबी सोम बहादुर खड्कालाई लिएर लामिछाने सिमरा पुगेका हुन्। आमाले छाडेर गइन् अनि बाबाले पनि अर्कै बिहे गरेका रहेछन् । हजुर आमाले हेर्दै थिइन तर, हजुर आमा पनि मानसिक रोगी छिन् । घरमा सबै अपाङ्गता भएका परिवारकाे दुःखमा साथ दिएका छन्ः सागर लामिछानेले।

व्हिल चेयर, चामलऽ साबुन सरफ र केही नगद समेत सहयोग लियर १०० कि मि टाडाको यात्रामा होलि मनाउन छाडेर सिमरा सहयोग गर्न पुगेका हुन्।

विदेशमा रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन विभिन्न प्रयत्नहरु गरेको आफूले प्रत्यक्ष देखेको भन्दै उनले आफ्नो क्षमताले भ्याएसम्म नेपालका सामुदायिक विद्यालयमा पनि केही न केही नमुना काम गरेर देखाउने बताए ।

सामाजिक अभियन्ता लामिछानेले क्यान्सर, मिर्गाैला र ट्युमरलगायतका रोग लागेर आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । ‘म अरुको खुसीमा आफ्नो खुसी देख्छु’, उनले भने, ‘मरेर के नै लानु छ र बाँचुञ्जेल सबैलाई सहयोग गरौँ भन्ने लाग्छ उनि भन्छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment