ट्राफिक चेकिङमा कडाइ, १५० सवारी–साधन कारबाहीमा

१५ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होलीका दिन ट्राफिक चेकिङमा कडाइ गरेको छ । दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राख्दै ट्राफिक चेकिङमा कडाइ गरेको हो ।

चोकचोकमा ट्राफिक चेकिङ भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाका ९० ठाउँमा चेकिङ भइरहेको छ ।

उनका अनुसार आज राति ९ बजेसम्म चेकिङ जारी रहनेछ । अहिलेसम्म १५० सवारी–साधन कारबाहीमा परिसकेको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment