‘बम्बे बेगम्स’ समीक्षा : बलिउडलाई एक महिला निर्देशकको पत्र

१४ चैत, एजेन्सी ।  ‘संसारका लाखौं महिलाले झैं मैले पनि यौन दुर्व्यवहारको सामना गरेकी छु । मेरो गुरु प्रद्यूमन जाम्वालले धेरैपटक मेरो यौन शोषण गरे । तर म चुप बसें । त्यतिबेला मैले त्यही जानेकी थिएँ । अब हामी महिलाहरु मिलेर एकसाथ यौन दुर्व्यवहारविरुद्ध आवाज उठाउनुपर्छ । र यौन दुर्व्यवारलाई ‘नो’ भन्नुपर्छ ।’ 

कथावाचन गर्ने माध्यममा वाचकको प्राय: ध्येय आफ्नो कुरा सावित गर्नु वा स्रोता/दर्शकलाई आफ्नो कथामा विश्वस्त बनाउने हुन्छ । त्यही एक लाइनको कुरा भन्नका लागि कथा र पटकथाको सम्पूर्ण संरचना तयार पारिएको हुन्छ । बम्बे बेगम्सको त्यो एक लाइन हो- ‘यौन हिंसा र कार्यस्थलमा हुने यौन हिंसाविरुद्ध जसले जतिखेर जहाँ जसरी बोले पनि हुन्छ, त्यसका लागि हरेक समय उपयुक्त समय हो । अहिले हिंसामा परेकाले अहिल्यै बोल, पहिले भोगेकाले पनि अब बोल । यस विषयमा मौन बस्नु भनेको पीडककै मनोबल बढाउनु हो ।’

यो कुरा भन्नका लागि निर्देशक अलंकृता श्रीवास्तवले ५ जना महिलाको कथा बुनेकी छन् । यी भिन्न उमेर र सम्बन्धमा रहेका महिला छन् । यिनको उमेर र सोच फरक छ । समाजमा यिनको ओहदा र दर्जा फरक छ । तर, यी सबैले भोगेको र देखेको समाज भने एउटै छ । प्रगति पथमा लम्किन खोज्न यी महिलाले भोग्ने बाधाहरु एउटै किसिमका छन्, खालि बाधा खडा गर्ने पात्रको वर्ग फरक छ ।

माथि उल्लेख गरिएको संवाद रोयल बैंककी सिइओ रानीले बोलेकी हुन् । मुम्बई सहरको एक कमर्सियल बैंककी प्रमुख कार्यकारी अधिकृत भनेको हालको पुँजी र शक्ति संरचनामा उपल्लो स्तरमा पर्ने पद हो ।

यो धेरै अर्थमा शक्तिशाली पद हो । जति धेरै शक्तिशाली पद, त्यति धेरै आकर्षण । चुम्बकले फलाम तान्छ । तर यसले सधैं सिक्का मात्रै तान्छ भन्ने ग्यारेन्टी छैन, तिखा काटी र किला पनि यसले तान्छ । कर्पोरेट दुनियाँमा शक्तिशाली पदले त्यस्तै चुम्बकीय शक्ति बोकेको हुन्छ । रानीको वरिपरिमात्रै किला र काँटी छैनन् उनले त्यस्ता किला ठोकिएको लामो बाटोमा यात्रा गरेर आएकी छन् । त्यसैले उनी भित्र जत्रोसुकै आँधी चले पनि बाहिर शान्त देखिन्छिन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment