सिद्धार्थ बैंकको इ–कम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

१३ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २०७७ शुक्रबार देखि विदेशीमुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालनपश्चात् सिद्धार्थ बैंककाग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वासो बराबरको अन्यपरिवत्र्य विदेशीमुद्राको सटही गरेर सिद्धार्थ बैंकको इकम कार्ड कार्ड प्रयोग गरी नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्नुहुनेछ । कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान केवाइसी विवरण अद्यावधिक भएको तथा सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखानम्बर लिएको हुनुपर्नेछ । प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्राजम्मा गर्न सक्नुहुनेछ ।

बैंकले ल्याएको यस सुविधाले ग्राहकहरुलाई सहज सेवा उपलब्धहुने, अन्तर्राष्ट्रिय किनमेल सेवाअझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढी प्रभावकारी र ग्राहकमैत्री बनाउने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment