फिफा विश्वकप फुटबल छनौट खेलमा इटाली विजयी

१३ चैत, काठमाडौं । २०२२ कतारमा हुने फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा इटालीले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे । खेलको १४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३९ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै इटालीलाई २-० को जित दिलाए । जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

नर्दन आयरल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

यसै समूहको अर्को खेलमा स्विजरल्याण्डले बुल्गेरियालाई ३-१ ले हराएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment