स्पेन बराबरीमा रोकियो

१३ चैत, एजेन्सी । स्पेनले फिफा विश्वकप फुटबल छनोट अन्तर्गत युरोपियन छनोटको पहिलो खेलमा बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा स्पेन ग्रिससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान स्पेनले बराबरी खेल्दै अंक बाँडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनले बराबरी खेल्नु पर्यो । खेलको ३३ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलको अग्रता लिएको स्पेनले दोस्रो हाफसम्म आफ्नो अग्रता दोगाउन सकेन् । ५७ औं मिनेटमा अनास्टासिओस बाकासेटासले पेनाल्टीमा गोल गर्दै ग्रिसलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘बी’ को स्पेन र ग्रिसले एक–एक अंक जोडेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment