सनराइज बैंक घोटाला प्रकरण छताछुल्ल, कारण एक ‘स्टाटस’

१२ चैत, काठमाडौं । राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकमध्येबाट डेपुटी गभर्नर बन्ने भएकाले गुरागाईंको स्टाटसले नियुक्त भएकाबाहेक अरू सबैलाई असुलीमा संलग्नको गम्भीर आरोप लागेको छ ।

सनराइज बैंकमा भएका घोटाला प्रकरण यतिबेला छताछुल्ल हुन पुगेका छन् । बैंक भित्रको यस घोटाला प्रकरण मध्येको सफ्टवेयर प्रकरणमा त राष्ट्र बैंकका कर्मचारीहरूको समेत संलग्नता रहेको कुरा सार्वजनिक भएको बैंकका एक कर्मचारीले जानकारी गराए । पछिल्लो समय बैंकका केही माथिल्लो स्तरका कर्मचारीहरूको ठगी प्रकरणले बैंक भित्रै पनि व्यापक चर्चा पाएको छ ।

त्यसको ज्वलन्त उदाहरण हो–
कमलपोखरीमा खरिद गर्न लागेको जग्गा प्रकरण । कमलपोखरीस्थित सनराइज क्यापिटल भवनसँगै रहेको ५० आना जग्गा खरिद प्रक्रियाका क्रममा करोडौँ करोडको घोटालाका संकेतहरू देखिएका छन् । चलनचल्ती र बजारभाउभन्दा बढी मूल्यमा खरिद गरी उक्त घोटाला गर्न लागिएको तथ्य उजागर भएको थियाे । वाङेल लामाको नाममा रहेको ५० आना सो जग्गा चलनचल्तीको भाउ अनुसार प्रतिआना ४० देखि ५० लाख पर्ने भए पनि बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारीअ धिकृतसमेतको संलग्नतामा प्रतिआना एक करोड रूपैयाँमा खरिद गर्ने निर्णय गरेसँगै बैंकको यो घोटाला प्रकरण उजागर भएको हो ।

सञ्चालक समितिको बैठकले प्रतिआना एक करोडका दरले ५० आना जग्गा खरिद गर्ने निर्णय गरेसँगै यस घोटाला प्रकरण बाहिर आएको छ । बैंकको अध्यक्ष मोतीलाल दुगड छन् भने सञ्चालकहरूमा भूपेन्द्र गुरागाई, वच्छलाल तातड, मालचन्द्र दुगड, डा. दीपकप्रकाश भट्टराई, दीपक नेपाल, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशी सञ्चालक रहेका थिए । भने बैंकका प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य रहेकाे स्राेतकाे दाबि छ । यस जग्गा प्रकरणमा सञ्चालक समिति र कार्यकारीका अलावा डेपुटी जिएम रहेका रोविन नेपालको समेत मिलिमतो रहेको बताइएको छ ।

बैंकका एक उच्च अधिकारीका अनुसार सञ्चालक भोगेन्द्र गुरागाईले सुरुमा उक्त जग्गा महँगोमा किन्न नहुने भनी विरोध गरे पनि पछि सहमति दिएका थिए । अध्यक्ष मोतीलाल दुगडले भने सो जग्गा चलनचल्तीको भउमा हेर्ने हो भने प्रतिआना ६० लाखसम्म पर्ने उल्लेख गरे । सफ्टवेयर काण्डयसअघि सनराइज बैंकमा सफ्टवेयर प्रकरणमा पनि १२ करोड रूपैयाँ घोटाला भएको तथ्य उजागर भएको थियो । बैंकले प्रयोग गर्ने सफ्टवेयर बारम्बार परिवर्तन गर्नुका पछाडि कमिसनकै खेल रहेको दावी बैंकका कर्मचारीहरूको रहेको छ ।

जबकि बैंकमा हालसम्म ३ पटक सफ्टवेयर परिवर्तन गर्ने काम भयो र पछिल्लो पटकको सफ्टवेयर परिवर्तन प्रकरणमा १२ करोडको घोटाला भएको दावी बैंककै कर्मचारीहरूबाट उजागर भएको छ । साथै सो घोटाला प्रकरणको छानविनका लागि अख्तियारमा समेत निवेदन गरेको बैंकका कर्मचारीहरू बताउँछन् । यस सफ्टवेयर प्रकरणमा राष्ट्रबैंकका केही कर्मचारीको समेत संलग्न रहेको बताइन्छ ।

बैंकले पहिलो पटक पुमोरी नामको सफ्टवेयर प्रयोग गरेको थियो भने त्यसपछि टी–२४ र हाल फिनाकल नामको सफ्टवेयर प्रयोग गरेको छ । यही फिनाकल सफ्टवेयर प्रयोग गर्ने नाममा १२ करोड घोटाला भएको र यस घोटाला प्रकरणमा प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य, डिजिएम आशा राना, अपचकुमार यादव र रोजिन नेपाल संलग्न रहेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ । उता बैंकका सञ्चालक रहेका मालचन्द्र दुगड फ्रुटी काण्डमा मुछिई हाल फरार छन् ।

म्याद नाघेको फ्रुटी उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरी प्रशासनले छापामारी उनी विरुद्ध मुद्दा चलाएपछि उनी फरार भएका हुन् । उता बैंकका चिफ मेनेजर अरूण पराजुली कानुनी भाषामा फरार छन् । नागरिक उड्डयन प्राधिकरणको जग्गा कीर्ते काण्डमा संलग्न भएको भन्दै भक्तपुर जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ५० हजार जरिवाना तोकेपछि उनी कानुनी भाषामा फरार रहे पनि काठमाडौँमा नै लुकिछिपी रहेकाे स्राेतकाे दाबि छ।

सनराइज त्यही बैंक हो, जहाँ सञ्चालकबीच पटक-पटकको लफडापछि सिइओ फेरिन्छन् । सञ्चालक समितिमा अध्यक्ष मोतीलाल दुगड र सञ्चालक गुरागाईंबीच लडाइँ छ । यसअघि उनैका दाजु डा. भोगेन्द्र गुरागाईं सञ्चालक थिए । दुगड र गुरागाईं पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा ‘हाइड्रो डन’ भनेर परिचित छन् ।

माछापुच्छ्रे बैंकका निरजकुमार श्रेष्ठलाई बोर्डले सिइओ नियुक्त गरेपनि नियुक्तिअघि गुरागाईं र मारवाडी समुदायका सञ्चालकबीच अप्रिय स्थिति बनेपछि उनले नियुक्ति नै नलिने घोषणा गरेका हुन् । श्रेष्ठलाई मारवाडीको स्वार्थमा ल्याइएको भनेर गुरागाईंले मच्चाएको तहल्का राष्ट्र बैंकमा पुगेर थामथुम भएको बताइन्छ ।

कुनै हालतमा सिइओ आफ्नो मान्छे बनाउने खेलमा राष्ट्र बैंकका केही कार्यकारी निर्देशकले आफ्नोविरुद्ध निर्णय गराउन पटक–पटक भूमिका खेलेको उनले त्यतिबेलै आरोप लगाएका थिए । सिइओ ‘आफ्नो पक्षको ल्याएर देखाइदिने’ खेलमा बैंक नै तहसनहस हुने अवस्था बनेपछि नियमनकारी निकायले पटक–पटक हस्तक्षेप गरेको थियो । उनीहरूबीचको व्यावसायिक तर गैरबैंकिङ लडाइँको कारण हालै मात्र सिइओ जनक पौडेलले जागिर छाडेका छन् । जबकि उनलाई यिनै गुरागाईंले दुगडलाई देखाइदिने भन्दै ग्लोबल बैंकबाट ल्याएका थिए ।

सामान्यतयाः
बैंकहरूको लफडामा राष्ट्र बैंकको नियमन र सम्बन्धित सुपरीवेक्षण विभागको निर्णायक भूमिका हुन्छ । अरु विभागको कुनै भूमिका र चासोसमेत हुँदैन । केही समयअघि आफ्नै स्वार्थमा ल्याइएका सिइओ पौडेललाई हटाउन कम्मर कसेर लागेका गुरागाईंले राष्ट्र बैंकका दुईजना कार्यकारीले ‘महिनावारी’ मा बिकेर आफ्नो योजनामा धक्का पुर्याएको सनराइजका उच्चअधिकारी र एकजना सञ्चालकसँगको अनौपचारिक भेटमा बताएको स्रोतको दाबी छ ।

स्रोतकाे भनाई छः
महिनावारी भनेर उनले रकम पैसातर्फ नभएर अर्कै स्वर्गीय आनन्दको कुरोलाई पनि इंगित गरेको हुन सक्छ है !’ एउटा बैंकको सञ्चालकले नियमनकारी निकायका गभर्नर र अर्थमन्त्रीलाई चाकडी बजाउँदै, नियुक्त डेपुटीलाई धापमारेको शैलीमा बधाई दिँदै र नियुक्तिमा नपरेका १५ जनालाई बिचौलियाको आरोप लगाउँदा पनि राष्ट्र बैंकका अधिकारीहरूले ऐन, नियम र निर्देशनबमोजिम कारबाही प्रक्रिया अघि बढाएका छैनन् ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा बसेर आफ्नो व्यक्तिगत व्यवसाय प्रवद्र्धनमा तल्लिन गुरागाईं र दुगडको हाइड्रो परियोजनाबाट भनेजति बिजुली उत्पादन नभएपनि गैह्रिधारास्थित सनराइज बैंकमा भने बेला बेला ठूलै भोल्टको झट्का आउने गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) दफा १९ को (ङ) मा ‘बैंक वा वित्तीय संस्था वा निक्षेपकर्ताको हकहितविपरीत कार्य गरेको कारण निज बैंक वा वित्तीय संस्थाको सञ्चालक पदमा रही कार्य सम्पादन गर्न अयोग्य रहेको भनी राष्ट्र बैंकले निजलाई हटाउन’ निर्देशन दिनसक्ने उल्लेख छ । गुरागाईंले सामाजिक सञ्जालमा लेखेको विषय राष्ट्र बैंकको हितविपरीतको गम्भीर विषय भएको एकजना कार्यकारी निर्देशकले बताएका छन् ।

उनी भन्छन् ‘हाम्रो विषयभन्दा पनि बैंक सञ्चालकले बाफियाको ठाडो उल्लंघन गरेको कुरो सबैभन्दा गम्भीर र आपत्तिजनक छ ।’ त्यसैगरी बैंकले गत साउनमा जारी गरेको एकीकृत निर्देशनमा संस्थागत सुशासनअन्तर्गत सञ्चालकले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था उल्लेख छ । त्यसको बुँदा (ङ) मा भनिएको छ ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’

उनी र उनको दुगड ग्रुपले लिखु जलविद्युत्लगायत सबैमा गरी ३ सय १७ मेगावाटको निम्ति लगानी गरेको बताइन्छ । जबकि गुरागाईं भने हाइड्रो लगानीकर्ताहरूको संगठन इपानका निवर्तमान अध्यक्षसमेत हुन् 

विगतमा जनता बैंकमा ७ वर्ष सञ्चालक रहँदासमेत गुरागाईंले सँधै लफडा मात्रै मच्चाएको अहिले ग्लोबल बैंक पुगेका एकजना कर्मचारीले बताएका छन् । जनता बैंकको शुरुवातमा उनको गुरुप्रसाद न्यौपानेसँग हाइड्रो र बैंकिङ दुवैतिर ट्युनिङ मिलेको थियो । तर पछि काटाकाटको स्थिति बनेको बताइन्छ । उनको त्यो प्रवृत्ति सनराइजमा जाँदा पनि नसुध्रिएको एक जना पूर्व सिइओले बताए । सिउरी ङादी ग्रुप पावर, अरुण भ्याली, बरुण, रिभर फल र शुभम पावर लिमिटेडका हर्ताकर्ता उनलाई सनराइजमा अर्का हाइड्रो पायोनियर मोतीलाल दुगडले टक्कर दिइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment