शुक्रवार ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाटँ हुदै

११ चैत, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ चैत १३ गते शुक्रवार बाँडफाँट हुने भएको छ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी, काठमाडौंमा आईपीओ बाँडफाँट हुने भएको हो ।

बाँडफाँटको मिति निश्चित भैसकेको भए पनि समय भने निर्धारण भैनसकेको क्यापिटलले जानकारी दिएको छ ।

यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् । कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment