फ्रेन्च लिग वानमा पीएसजीको सानदार जीत

०९ फागुन, एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ( पीएसजी ) ले लियोनलाई ४-२ गोलले पराजित गर्दै सानदार जीत निकालेको छ ।
खेल गएराती लियोनको घरेलु मैदानमा भएको थियो ।

पीएसजीको जितमा एमबाप्पेले दुई गोल गर्दा डानिलो पेरेइरा र एन्जल डि मारियाले समान एक गोल गरे । लियोनका इस्मान स्लिमानी र म्याक्सवेल कर्नेटले गोल फर्काए ।

लियोनको मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले खेलको १५औं मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । ३२औं मिनेटमा मार्किन्हसको पासमा डानिलो पेरेइराले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४७औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए । ५२औं मिनेटमा मार्काे भेराट्टीको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेपछि पीएसजीले ४–० को आरामदायी अग्रता लिन सफल भयो । पीएसजीले त्यसपछि दुई गोल बेहोरेको थियो ।

६२औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ८१औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी विजयी हुन सफल भयो ।

जितपछि पीएसजी ३० खेलबाट ६३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६३ अंक नै रहेपनि लिल गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित लियोन ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment