चेल्सी एफए कपको सेमिफाइनलमा

०९ चैत, एजेन्सी । सेफिल्ड युनाइटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा सेफिल्ड २-० ले पराजित गर्दै चेल्सी सेमिफाइनलमा पुगेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन हाकिम जिएचले एक गोल गरे । चेल्सीले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो ।

चेल्सीले सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । सेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरे ।

२४औँ मिनेटमा ओलिभरले आफ्नै पोस्टमा गोल गरेका थिए । इन्जुरी समयमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment