सिंगटी हाइड्रोले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म ५ गुणा बढीको आवेदन

०८ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म ५ गुणा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा आइतबार बेलुका ५ बजेसम्ममा ८ लाख ८३ हजार ७५ जना आवेदकले १ करोड ३९ लाख ८० हजार ५ सय २० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ५.१८ गुणा बढी हो ।

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ ।

लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीयलाई १४ लाख ५० हजार कित्ता शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment