कोरोना अपडेट: आज थपिए कोरोनाका ७७ नयाँ संक्रमित

०८ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७७ नयाँ संक्रमित थपिएका छन् । आज

पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।


हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यस्तै, काठमाडाैं उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडाैंमा ३४ जनासहित ४१ जना सङ्क्रमित थपिएका छन् ।



मल्टिमिडिया ग्यालरी

coronacoviddigital khabarnepal
Comments (0)
Add Comment