च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक

०६ चैत, एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ ।

युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले शुक्रबार क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।


सार्वजनिक ‘ड्र’ अनुसार क्वाटरफाइनलमा साविक विजेता बायर्न म्युनिख र साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

गत सिजन पोर्चुगलको लिस्बनमा जर्मन क्लब बायर्नले फ्रान्सको पीएसजीलाई १-० ले हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

यस्तै स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ ।

अर्को इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब पोर्टोसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै इंग्लिस क्लब म्यानचेस्टर सिटीको भेट जर्मनीको बोरुसिया डर्टमण्डसँग हुनेछ ।

क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ र ७ तथा दोस्रो लेग १३ र १४ अप्रिलमा हुनेछ ।



मल्टिमिडिया ग्यालरी

digital khabarsports
Comments (0)
Add Comment