युरोपमा लिगमा आर्सनल क्वाटरफाइनलमा, टोटनहम बाहिरियो

०६ चैत, एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो ।


घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो ।

इमिरेट्स स्टेडियममा १० खेलाडीमा सिमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले निर्णायक गोल गरे ।

अरबीले ५१ औं मिनेटमा गोल गरेका थिए । तर, उक्त गोलले ओलम्पियाकोसलाई अर्को चरणमा भने पुर्याउन सकेन ।

यस्तै ८२ औं मिनेटमा ओउसेनु बाले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गर्दा ओलम्पियाकोस १० खेलाडीमा समेटिएको थियो ।

अर्को इंग्लिस क्लब टोटनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ ।

दोस्रो लेगमा क्रोएसियाको डाइनामो जाग्रेबसँग ३-० ले पराजित भएपछि टोटेनहम समग्रमा ३-२ को हार व्यहोर्दै बाहिरिएको हो ।

पहिलो लेगमा टोटेनहमले २-० को जित निकालेको थियो । तर, दोस्रो लेगमा जाग्रेबले उत्कृष्ट पुनरागमन गर्यो ।

घरेलु मैदानमा जाग्रेबलाई जित दिलाउन मिस्लाभ ओर्सिचले ह्याट्रिक गरे ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment