कोरोना अपडेट: आज थपिए कोरोनाका १२५ नयाँ सक्रंमित

०६ चैत,काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट १२५ कोरोनाका नयाँ सक्रंमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा तीन हजार १६१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितमा नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा १२३ जना सङ्क्रमित निको भएका छन् ।


मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । यसरी हालसम्म कोरोना सङ्क्रमणबाट तीन हजार १६ जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको हो ।

नेपालमा कोरोनाबाट निको हुने दर ९८.५ प्रतिशत पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment