सुनको मूल्यमा गिरावट, तोलामा ५ सय रुपैयाँले कमी

०६ चैत, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढाव कायम भएको छ । पछिल्लो दुई दिन वृद्धि भएको सुनको भाउ साताको अन्तिम कारोबार दिन घटेको छ ।

आज चैत ६ गते, शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ र तेजबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन तोलामा ३०० रुपैयाँले वृद्धि भएर प्रतितोला ८७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ ।आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।



मल्टिमिडिया ग्यालरी

digital khabargold market
Comments (0)
Add Comment