नेपाल र म्यानमार “कु”

०४ चैत, काठमाडाै‌ । एमाले नेपालको सांगठानिक हिसाबले सबै भन्दा ससक्त पार्टी हो। यो हुदाखादाको पार्टी २/४ जनाको जुङ्गाको लडाइले पार्टी नै फुटको संघारमा उभिएको छ।

आहिले पनि एमालेसँग लाखौं कार्यकर्ता का अलावा केन्द्रदेखि वडासम्म बहुसंख्यक जनप्रतिनिधि छन्। युवा कार्यकर्ता प्रसस्त छन् तर ती पहिला जस्तो रचनात्मक जुझारु छैनन् । एमालेको युवा पुस्तामा आएको यो बिचलनको कारक एमाले + माके एकता हो जुन कुनै विधि र प्रक्रिया बिना दुइ नेताको स्वार्थ मिल्दा छापामार शैलीमा भएको थियो र एकताको सांगठानिक र राजनीतिक आधार प्रस्ट थिएन। तै पनि लामो समयपछि मुलुक राजनीतिले स्थिरताको बाटो समाउला भन्ने आसमा दुवै तिरका कार्यकर्ताले एकताको स्वागत गरे।

बिगत डेढ वर्ष देखि गिजोलिदै आएको पार्टी एकता अहिले छिन्नभिन्न भैसकेको छ भने एमाले पार्टी नै जीवन मरणको दोसाँधमा छ । एमालेको आजको यो हबिगतको दोषी ओली/नेपाल मात्र होइनन्, पार्टीले विधि, पद्धति र आफ्नो राजनीतिक जमिन छोड्दा पनि नेतालाई देवत्वकरण गर्ने भजन्मण्डलि र त्यहि मण्डलीको प्रभाव र आसमा पर्ने कार्यकर्ता हुन्।

आस गरिएका दोस्रो/तेस्रो पुस्ताका नेताहरू नै पहिलो पुस्ताका नेतृत्वको चाकडि गर्न / देवत्वकरण गर्न तँछाडमछाड गर्ने प्रवृत्तिले यो नया पुस्ता पनि परजीबी, अपाङ्ग बनेको प्रस्ट देखिन्छ। एलाइट नेताको जुङ्गाको लडाइमा कार्यकर्ता खाइ न पाइ आफ्नै ठुटे जुँगा मुसार्दै छन्।
म्यानमारमा आङ सान सुकी र जनरल मिन आङ ह्लाइन दुवै बौद्ध धर्मावलम्बी र बामर जातिका हुन् तर तिनीहरु बीचको २०१५ पछिको वैमनश्यता र जुँगाको लडाइँले फेब्रुअरी बाट बर्मामा सैन्य कु भएको छ र आज सम्म ५० भन्दा बढी ब्याक्तिले जीवन गुमाएका छन् , फगत एलाइट जुङ्गाको लडाइले गर्दा।

व्यक्तिगत तनावका अतिरिक्त संस्थागत वैमनश्यता पनि थियो होला । नेपालमा पनि शिर्ष नेताहरु जुङ्गाको लडाइमा धोति फुकालेर लागिरहे भने म्यानमारको अवस्था नाआउला भन्न सकिदैन।

हामि सबै संयातित बनौ !

@ आहत निबास, ट्यांग्लाफ़ाट, Ktm
: स्याङ्जा- अर्जुनचौपारि -५ आरुचौर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment