लाभांश र बन्डको विषयमा नेप्सेले नीफ्रालाई सोध्यो प्रष्टीकरण

०४ चैत, काठमाडाै‌ । नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) लाई स्पष्टिकरण माग गरेको छ। नेप्सेले बैंकलाई धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने समाचार बाहिरीएको भन्दै स्पष्टिकरण माग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अघि एक कार्यक्रममा बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भइरहेको बताएका थिए। उनले चालु आर्थिक वर्ष भित्रै लण्डन स्टक एक्चेञ्जमा सूचीकृत गर्ने तयारी भइरहेको जनाएका थिए।

नेप्सेले यहि समचारलाई आधार मानेर बैंकसंग स्पष्टिकरण माग गरेको हो। उक्त समाचार के कति मात्रामा सत्य हो? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसंग कस्तो छलफल भइरहेको छ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो? भन्ने विषयमा स्पष्टिकरण माग गरेको छ।

नेप्से सञ्चालक समितिको चैत ३ गते बसेको बैठकले ३ दिन भित्र त्यस सम्बन्धमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment