म्यानेचस्टर सिटी क्वाटरफाइनलमा

०४ चैत, एजेन्सी । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको चुनौती समग्रमा ४–० ले पन्छाउदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइन्लमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको पहिलो लेगमा २–० को जित निकालेको सिटीले मंगलबार राति भएको दोस्रो लेगमा पनि २–० को जित निकाल्दै समग्रमा ४–० को जितसँगै सिटीले अन्तिम आठको यात्रा तय गरेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुयन र इल्केए गुन्डोगानले गोल गरे दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको १२औं मिनेटमा कप्तान केभिन डि ब्रुयनले गोल गर्दै सिटीलाई १–० ले अघि बढाए । उनले रियाद महारेजको पासमा गोल गरेका थिए । १८औं मिनेटमा फिल फोडेनको पासमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

त्यसपछि पनि बल पोसेसनमा बलियो पकड बनाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफको दुई गोल नै सिटीको जितमा पर्याप्त बन्यो । बोरुसिया मोन्चेनग्लाडवाकले काउन्टर एट्याकमा केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment