चितवनको हाकिमचोकमा एनसिसी बैंकको शाखा उद्घाटन

०३ चैत, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले चितवनको भरतपुरमा शाखाविस्तार गरेको छ । एनसिसी बैंकले आफ्नो १२८औँ शाखाका रूपमा भरतपुर महानगरपालिका–९, हाकिमचोकमा शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाको बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले सोमबार औपचारिक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं. ९ का प्रतिनिधि किशोर सापकोटाको समेत उपस्थिति थियो ।

उद्घाटनकै अवसरमा बैंकले विभिन्न व्यवसायलाई वित्तीय कारोबारमा सहजताका लागि क्युआर कोड हस्तान्तरण गरेको छ । क्युआर कोड हस्तान्तरण गर्दै बैंकका अध्यक्ष न्यौपानेले स्थानीय निकायका पदाधिकारीको समन्वयमा किसानकेन्द्रित कार्यक्रम ल्याई बैंकिङ सेवा दिने प्रतिबद्धता जनाए । बैंकिङ व्यवसाय व्यापारमुखी मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय सञ्चालन गर्नुपर्ने बताउँदै उनले एनसिसी बैंकका कर्मचारीको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टि रहेको दावी गरे । बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्ध दिगो बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि निजी व्यवसायीसित सहकार्यको आवश्यकता औँल्याए । चितवनमा झन्डै २० हजार निजी व्यवसायी रहेको उनले जानकारी दिए ।

बैंकका सिइओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने बताए । उनले एनसिसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको सुरुवात गरिएको जानकारी दिए । शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पु¥याउने अपेक्षासहित उनले सम्पूर्ण व्यवसायीलाई बैंकमार्फत सेवा लिन अनुरोध गरे ।

एनसिसी बैंकका ७ प्रदेशमा गरी कुल १ सय २८ शाखा सञ्चालनमा छन् । यसका अतिरिक्त बैंकले ८ वटा एक्स्टेन्सन काउन्टर तथा १ सय ७ वटा एटिएममार्फत ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment