नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

चैत्र ३, मसुरीया(देउखुरी दाङ) । नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा राप्ती गाउँपालिकामा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका रेडक्रसका प्रतिनिधि सहितको साधारण सभाले मानवता, निश्पक्षता, तटस्थता, स्वाधिनता, स्वयम् सेवा, एकता, विश्वव्यापकतालाई आत्मसाथ गदै पीडामा परेकाको हरेक क्षणमा सहयोगका लागि तम्तयार रहने प्रतिबद्धता गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशका अध्यक्ष शम्भुप्रसाद पोख्रेलको अध्यक्षता, रेपाल रेडक्रम सोसाईटी केन्द्रिय कार्यसमिति उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आथित्यता, केन्द्रिय कार्यसमिति महामन्त्रि पिताम्वर अर्याल, प्रदेश प्रधिकरणका प्रमुख ध्रुव मजगैय, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको विशिष्ट आथित्यतामा भएको सभाले महासचिव कृष्ण पंगेनीको प्रगति प्रतिवेदनलाई पास गर्दै नयाँ योजनाका साथ सेवा मुलक कार्य प्रति लागीरहने निर्णय गरिएको छ ।

साधारण सभामा कोभिड १९ को महा जोखिममा संक्रियताका साथ उदाहरणीय कार्य गर्ने ब्यत्ति तथा संघ संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको आथित्यता तथा राप्ती गाउँपालिका लालमटिया रेडक्रस सोसाईटीको ब्यवस्थापनमा भएको प्रदेश स्तरिय तेस्रो साधारण सभामा रेडक्रसले गर्दै आएका काममा आईपरेका ब्यथाहरुको समिक्षा समेत गरिउको थियो । आगामी दिनमा विगत जस्तै सम्पुर्ण निकायको साथ र सहयोगमा सेवा मुलक काम गदै जानका लागि राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका उप प्रमुख देवका बेलवासे, प्युठान रेडक्रसका गुमानराज पुलामी, निवर्तमान केन्द्रिय अध्यक्ष नवल सिङ पुन, निवर्तमान केन्द्रिय सदस्य भगवती शर्मा, सुदर्शन प्रसाद नेपाल, अजित कुमार शर्मा, बाबुराम भट्टराई, महेन्द्र कुमार श्रेष्ठ लगायतले  शुभकामना ब्यक्त गर्नु भएको थियो ।

सभामा दाङ र बाके जिल्ला कमिटिले उत्कृष्ट कार्य गरेकोमा सम्मान गरिएको छ साथै  रेपाल रेडक्रस सोसाईटी, लुम्बिनी प्रदेशले घोराहि, तुल्सीपुर, राप्ती, राजपुर, गढवा, लमही पालिका र विमल केसी, दोर्ण वली, बाल कुमार घति लगायतलाई समेत सम्मान गरिएको छ ।
रेडक्रसका सिद्धान्तहरुमा मानवता रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभावविना सहयोग पु¥याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कमगर्न प्रयत्नशील रहन्छ । यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो । यसले सम्पूर्ण मानवबीचमा पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि पर्दछ ।

निश्पक्षता रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पु¥याउँदा उनिहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ ।

तटस्थता सबैको विश्वास प्राप्त गरिरहनका निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातिय, धार्मिक अथवा बैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन ।

स्वाधिनता रेडक्रस अभियानका स्वाधिन छ । राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ जसबाट रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप काम गर्न ती निकायहरु सदैव सक्षम हुन सकुन् ।

स्वयमं सेवा रेडक्रस स्वेच्छाले अरुको भलाई गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन ।
एकता एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेडक्रिसेण्ट सोसाइटी हुन सक्दछ । यो सबैका लागि खुला हुनै पर्छ । यसले आफ्ना मानवीय कार्यहरु देशभरि सञ्चालन गर्नै पर्छ ।

विश्वव्यापकता अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान विश्वव्यापी छ जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक(आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन् भन्ने पर्दछ ।

विश्व रेडक्रस अभियानमा सहभागी हुने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी वि.स.२०२० भाद्र १९ गते स्थापना भएको थियो । तत्कालीन स्वास्थ मन्त्री डा.नागेश्वोरप्रसाद सिंहको अध्यक्षतामा तदर्थ समितिले नेपालमा रेडक्रसको स्थापना गरेको थियो । यसरी नेपालमा रेडक्रस स्थापना गर्न पहल गर्ने ब्यक्तिमा डा. जयनारायण गिरीको प्रयास पनि उल्लेखनीय थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment