आलिया भाट २८ वर्षमा प्रवेश, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज

०२ चैत, मुम्बई । बलिउड डीभा आलिया भाट सोमबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । अभिनय करियर सुरु गरेको ८ वर्षमै उनको लोकप्रियताको ग्राफ चुलिएको छ ।

जन्मदिन अवसरमै आलियाले सोमबार आफ्नो आगामी फिल्म आरआरआरको फस्टलुक पोस्टर सार्वजनिक गरेकी छिन् । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित उक्त फिल्ममा आलियाले सीता नामक पात्रको भूमिका चित्रण गरेकी छिन् ।

सीता पात्रकै पोस्टर उनले सार्वजनिक गरेकी हुन् । निर्माताले फस्टलुक आउटपछि आलियाका फ्यान खुशि भएका छन् । पोस्टरमा आलिया चार्मिङ देखिएकी छिन् । बोटल ग्रीन सारीमा सजिएकी आलिया र दियोलाई चित्रण गरिएको छ ।

पिरियड ड्रामा आरआरआरमा जुनियर एनटीआर, राम चरम, अजय देवगण र आलियाको मुख्य भूमिका छ । उत्तर भारतको उपनिवेशवादी शासनको कालखण्डलाई चित्रण गरिएको छ । आउने अक्टोबर १३, २०२१ (असोज २७, २०७८ दशैं)मा फिल्म रिलिज हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment