नारायणगढ–मुग्लिङ सडक सुध्रिएपछि दुर्घटनामा कमी

एक वर्षमै लगभग नौ सय वटासम्म दुर्घटना हुने नारायणगढ–मुग्लिङ सडकमा स्तरवृद्धिपछिको अढाइ वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना।

०१ चैत, चितवन । नारायणगढ–मुग्लिङ सडकको स्तरवृद्धि गरिएसँगै दुर्घटना हुने दर पनि घटेको छ । अत्यधिक दुर्घटना हुने, कुनै बेला यो सडकलाई ‘मृत्युमार्ग’ पनि भनिन्थ्यो ।

कुनै समय एकै वर्षमा लगभग नौ सय वटासम्म दुर्घटना हुने यो सडकमा स्तरवृद्धिपछिको अढाई वर्षमा ३ सय ४५ वटा मात्रै दुर्घटना भएको भरतपुर रामनगरस्थित वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका जानकारी दिएकाे छ। ‘सडक फराकिलो र सुरक्षा प्रबन्धको व्यवस्थाले भएकाले अहिले नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना ह्वात्तै घटेको छ।

‘दुर्घटनामा मृतक र घाइते हुनेको संख्यामा समेत उल्लेख्य कमी आएको छ ।’

प्रदेश ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिङ सडक विस्तार हुनुअघिको तीन वर्ष र विस्तारपछिको अढाई वर्षमा भएका दुर्घटनाको संख्या विश्लेषण गरेको छ ।

  • २०७२/७३ देखि २०७४/७५ सम्म २ हजार २ सय ६६ वटा साना–ठूला दुर्घटना भएको तथ्यांक,
  • दुर्घटनामा ४ सय ४२ जनाको मृत्यु र ९ सय ५६ जना घाइते भए,
  • २०७५/७६ देखि चालु आवको पहिलो ६ महिनासम्म ३ सय ४५ वटा दुर्घटना,
  • ५६ जनाको मृत्यु र १ सय ३१ जना घाइते भए,

२०७३/७४ मा ८ सय ९८ दुर्घटना भएका थिए । जसमा १ सय ७० जनाको मृत्यु र ३ सय २ जना घाइते भएका थिए । तर गत साउनदेखि पुससम्ममा दुर्घटना संख्या जम्मा ४४ छ । मृत्यु हुने ४ जना र घाइते हुनेको संख्या १९ छ ।

‘जबकि यो अवधिमा अन्य सडकहरूमा दुर्घटना संख्या अघिल्ला वर्षहरूको भन्दा बढेको छ’। दुर्घटना बढी हुनुमा सडकको दुरवस्था पनि प्रमुख कारक मानिन्छ । सडकको स्तरवृद्धिसँगै नारायणगढ–मुग्लिङ सडकमा दुर्घटना घटेको उनले दाबी गरे ।

‘सडक फराकिलो बनाइएको छ । सुरक्षा मापदण्ड यथेष्ट छन् । त्यसैले पछिल्ला वर्षमा दुर्घटना हुन कम भएको छ । विश्व बैंकको ऋण सहयोगमा नारायणगढ–मुग्लिङ सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको कायम गरिएको छ ।

२०७१ को अन्तिमदेखि विस्तारको काम सुरु भएकामा सम्पन्न हुन तीन वर्षभन्दा बढी समय लागेको थियो । विस्तारअघि साढे पाँच मिटर चौडा उक्त सडक हाल ९ देखि ११ मिटर फराकिलो छ । ३६ किलोमिटर लम्बाइको सडक विस्तारमा झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

पछिल्लो समय सडक विस्तार र निर्माणमा यथेष्ट सुरक्षा प्रबन्ध हुन थालेको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनाल बताउँछन् । ‘विश्व बैंकको परियोजना भएका कारण सडक सुरक्षालाई लिएर निश्चित मापदण्ड बनाइएको हुन्छ । यसका लागि डिजाइनमै सुरक्षाको प्रत्याभूति दिएर काम सुरु गर्नुपर्ने हुन्छ,’ उनले भने । नदी किनार र भीरपाखा हुँदै जाने सडकमा पर्याप्त सुरक्षा मापदण्डहरू राखेका कारण दुर्घटना कम हुँदै गएको छ। ‘नदी किनारमा पर्याप्त बार र पर्खाल छन् । मोडहरू मापदण्डअनुरूपको बनाएका छौं । ट्राफिक संकेत यथेष्ट छन् ।

‘सडक राम्रो र नराम्रो भए के फरक पर्दछ भन्ने अनुभव नारायणगढ–मुग्लिङ सडकबाट गर्न पाएका छौं,’ यातायात व्यवसायी शंकर गिरीले भने, ‘यो सडक सुध्रिएपछि दुर्घटना कम भयो । पहिरोको जोखिम भने कायमै छ । पुलहरू साँघुरा छन् । संकेत बोर्डहरू पर्याप्त छैनन् । यी सबै कुरा भए दुर्घटनाको संख्या अझै कम हुन्थ्यो ।’

रोड मार्किङ र क्याट आई (सडक सीमामा राखिएका रातमा लाइट पर्दा टल्कने सानो बट्टा) छन्,’ ‘सडक फराकिलो हुँदा विपरीत दिशाका गाडी ठोक्किने सम्भावना नै कम हुन्छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment