लेखा अधिकृत कै निर्देशनमा पैसा मागेको हुः ईन्जिनियर पुजा कार्की

०१ चैत्र, काठमाडौं । धादिङको गंगाजमुना गाउँपालिकाका लेखा अधिकृत अर्जुन सापकोटा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

लेखा अधिकृत सापकाटाकै निर्देशनमा गत ४ फागुनमा अख्तियारद्वारा ९५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएकी ईन्जिनियर पुजा कार्कीले घुस मागेको खुलाशा भएको हो ।

इन्जिनियर कार्कीलाई अख्तियार टोलीले सडक निर्माणको ठेकेदारसँग घुस लिएको अभियोगमा घुससहित कार्यालयबाटै पक्राउ गरेको थियो ।तर, अख्तियारले घुस लिन निर्देशन दिने सापकोटालाई भने उन्मुक्ति दिएको थियो ।

पक्राउ परेकी कार्कीले बयानका क्रममा आफूले लेखा अधिकृत सापकोटाकै निर्देशनमा घुस मागेको बताएपछि लेखा अधिकृत सापकोटालाई पनि भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको हो । विशेष अदालतमा अख्तियारले शुक्रबार आरोप पत्र दायर गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment