कोरोना अपडेट: आज थपिए कोरानाका ५३ जना नयाँ संक्रमित

०१ चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका ५३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ६१५ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याे सँगे नेपालमा ५३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार २३१ पुगेको छ ।

यस्तै, आज कोरोना संक्रमणबाट ७७ जनाको निको भएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा काेही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएकाे मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment