सरस्वती आधारभुत विद्यालयका सबै विद्यार्थीलाई पोशाक प्रदान

तिर्थराज ज्ञवाली
०१ चैत्र,सिसहनिया (देउखुरी दाङ)
। राप्ती गाउँपालिका वडा नं ७ द्धारा सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाका विद्यार्थीहरुलाई पोशाक प्रदान गरिएको छ ।


विद्यार्थीको विद्यालय प्रतिको मोह बढाउदै शैक्षिक सुधार कार्यक्रमकालागि सम्पुर्ण विद्यार्थीलाई १ सेट पोशाक उपलब्ध गराईएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले विद्यार्थीको उज्वल भविश्य निर्माणमा अभिभावक, शिक्षक तथा सरकारको महत्वपुर्ण भुमिका रहेको बताउदै विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउनु भएको हो ।


वडा नं ७ को बार्षिक कार्यक्रम अन्तरगत विद्यालयहरुका बावबालिकाहरुलाई सरकारी बिद्यालयमा शिक्षाको शुअवसरको प्रत्याभुति गर्दै आम अभिभावकलाई सरकारी विद्यालय प्रति मोह बढाउन सहयोग पुराउने उदेश्यले विद्यार्थीलाई पोशाक प्रदान गरिएको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिनु भएको छ ।


वडा नं ७ को एक मात्र विद्यालय तथा राप्ती गाउँपालिकाको नमुना विद्यालयको रुपमा रहेको श्री सरस्वती अधारभुत विद्यालय छोट्की सिसहनियाका १ सय ८४ विद्यार्थीलाई पोशाक उपलब्ध गराईएको शिक्षा शाखा संयोजक विशस विकले जानकारी दिनु भएको छ

पोशाक वितरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा नं १का वडा अध्यक्ष तारा बहादुर डिसी, विद्यालयका प्रधानाध्यापक घडिराम चौधरी, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमलाल चौधरी, वडा सदस्य नित्यनन्द शर्माले विद्याथीलाई उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्दै अध्यन अध्यापनमा सबैको लगाप आवस्यक रहेको बताउनु भएको छ ।


क्षेत्रगत रुपमा थोरै क्षेत्रमा निश्चीत भवनमा २०४१ सालमा स्थापना भएको सरस्वती अधारभुत विद्यालय छोट्की सिसहनियाका विद्यार्थीले माथिल्ला कक्षामा राम्रो स्थान हासील गर्दै गएको पाईएको छ । अंग्रेजी र नेपाली माध्यम बाट अध्यापन गरिदै आएको विद्यालयमा सरकारको साथै स्थानिय दाताहरुको सहयोगमा विद्यालय सञ्चालनमा आएको छ । 



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment