रियल मड्रिडले एल्चेलाई हरायो

१ चैत्र, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले एल्चेलाई हराएको छ ।

शनिबार राति भएको खेलमा रियलले एल्चेलाई २-१ गोलले हराएको हो । घरेलु मैदानमा करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलले पुनरागमन जित निकालेको हो ।

खेलको ६१औँ मिनेटमा डानी काल्भोले गोल गर्दै इल्चेलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७३औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले २७ खेलमा ५७ अंक जोडेको छ । पराजित एल्चे २४ अंकसहित १७ औँ स्थानमा छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment