टोटनहमको जित; ह्यारी केनको दुइ गोल

२८ फागुन, एजेन्सी । इङ्ग्लिस  क्लब टोटनहम युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ । खेलमा टोटनहमले २–० काे जित निकालेको हो ।

गएराति राति भएको खेलमा टोटेनहमले क्रोएसियाको डाइनामो जाग्रेबलाई पराजित गर्दा टोलीको लागि ह्यारी केनले दुई गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा खेलको २५ औं मिनेटमा केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले खेलको ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० ले अगाडी बढाएका हुन् ।

यो जितसँगै टोटनहमको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ ।

टोटेनहमले दोस्रो लेग डाइनामोको घरेलु मैदानमा खेल्नेछ ।

दोस्रो लेग खेल मार्च १८ मा हुनेछ । डाइनामोलाई भने दोस्रो लेगमा जित्नै पर्ने दबाब हुनेछ ।



मल्टिमिडिया ग्यालरी

digitalkhabartottamham
Comments (0)
Add Comment