टोटनहमको जित; ह्यारी केनको दुइ गोल
२८ फागुन, एजेन्सी । इङ्ग्लिस क्लब टोटनहम युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ । खेलमा टोटनहमले २–० काे जित निकालेको हो ।
गएराति राति भएको खेलमा टोटेनहमले क्रोएसियाको डाइनामो जाग्रेबलाई पराजित गर्दा टोलीको लागि ह्यारी केनले दुई गोल गरेका थिए ।
घरेलु मैदानमा भएको खेलमा खेलको २५ औं मिनेटमा केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले खेलको ७० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई २-० ले अगाडी बढाएका हुन् ।
यो जितसँगै टोटनहमको अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनेको छ ।
टोटेनहमले दोस्रो लेग डाइनामोको घरेलु मैदानमा खेल्नेछ ।
दोस्रो लेग खेल मार्च १८ मा हुनेछ । डाइनामोलाई भने दोस्रो लेगमा जित्नै पर्ने दबाब हुनेछ ।