कोरोना अपडेट: आज थपिए ९७ कोरोनाका संक्रमित

 २७ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ९७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

आज कोरोना संक्रमणबाट ६६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ११६ जना सङ्क्रमित निको भएका हुन् ।

पछिल्लाे २४ घण्टामा पनि कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२ जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment