हालाण्डकाे २ गाेलमा डर्टमण्ड क्वाटरफाइनलमा

२६ फागुन, एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिएपनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

खेलको ३५ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरि खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।

दुई गोलले पछि परेको सेभियाले पुनरागमन खेलको ६९ औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २(१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए ।

तर, अघिल्लो लेगको हारको कारण सेभिया प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुग्यो ।



मल्टिमिडिया ग्यालरी

digitalkhabarsevilla vs dortmund
Comments (0)
Add Comment