नेप्सेमा सामान्य अंकको गिरावट

२६ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) सामान्य अंकको गिरावट आएको छ ।

आज नेप्से ३.४० अंकले घटेर दुई हजार चार सय ५८ दशमलब ४८ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज ४ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका सबै समूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् ।

बजार घटेपनि छ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रो पावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, नेपाल इन्फाइन्ट्रक्चर डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarshare market
Comments (0)
Add Comment