बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित

२५ फाल्गुन, एजेन्सी । फेरी एकपटक कपुर परिवारबाट नराम्रो समाचार बाहिरिएको छ । ऋषि कपुरका छोरा बलिउड अभिनेता रणबीर कपुरको स्वास्थ्यमा समस्या आएको छ ।

दैनिक जागरणको अनुसार रणबीर बिरामी भएको उनकै काका रणधीर कपुरले जानकारी दिएका हुन् । उनले रणबीर कपुर कोरोना संक्रमित भएको र हाल क्वारिन्टाइनमा भएको जानकारी दिएका हुन् ।

कुराकानीको क्रममा रणधीर कपुरले रणबीरलाई कसरी संक्रमण भयो भन्दै आश्चर्यमा परेको बताएका छन् । केही समय अगाडी रणवीरको आमा नीतु कपुर पनि कोरोना संक्रमित भएकी थिइन् ।

नीतु फिल्मको शुटिङको क्रममा संक्रमित भएको बताएकी थिइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment