सांसद कोमल द्धारा नेता रघुजी पन्तविरुद्ध गाली–बेइजतीको मुद्दा दायर

२५ फाल्गुन, काठमाडौं । राष्ट्रियसभा सांसद् कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली–बेइज्जतीको मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली–बेइजतीको मुद्दा दायर गरेकी हुन् ।

नेता पन्तले सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सर्वत्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदी–बहिनीहरुको मान–प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको उनले बताइन् ।

राष्ट्रियसभा सांसद् तथा गायक कोमल वल

नेता पन्तको टिप्पणीले ‘सम्पूर्ण आमा, दिदी–बहिनीहरुमाथि लैंगिक हिंसा भएको’ उनको भनाइ छ । उनले भनिन्, “उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी पनि माग्नुभएको छैन । र, यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुनेखालको छैन ।

त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन, समस्त आमा, दिदी–बहिनीहरुको मान–प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्दा दर्ता गर्दै छु । सम्पूर्ण आमा, दिदी–बहिनीहरुमाथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानुनी प्रक्रियामा जाने मैले निर्णय गरेँ । अदालतले जे निर्णय गर्छ, त्यसलाई मैले आत्मसात् गर्नेछु ।

सांसद वलीले आफू माथिल्लो सदनको विधायिका भएको हुनाले आफूले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायको लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताइन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment