एथ्लेटिको अन्तिम दुई मिनेट समालिन नसक्दा मड्रीड डर्बी बराबरीमा

२४ फागुन, एजेन्सी । स्पेनिस ला लीगामा गएराती भएको महत्वपूर्ण खेलमा शिर्ष स्थानको एथ्लेटिको मड्रीड र तेर्सो स्थानको रियल मड्रीडले १-१ गोलको बराबरी खेलेका छन् ।

बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेजको गोलमा एट्लेटिकोले १-० को अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा बराबरी खेलेको हो ।

सुआरेजले खेलको १५ अौं मिनेटमा गोेल गरेका थिए । उनले रियल म्याड्रिडका पूर्व खेलाडी मार्कोस लोरेन्टेको पासलाई गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती १५ मिनेटमा लुइस स्वारेजको गोलमा अग्रता लिएको एथ्लेटिकोले अन्तिम समयमा समालिन नसक्दा बराबरी मै चित्त बुझाएको हो ।

रियलका लागी करिम बेन्जेमाले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए । कासेमिरो र बेन्जेमाकै वानबाइ वान पासमा बेन्जेमाले सहज गोल गरे ।

यो बराबरीसंगै एथ्लेटिको २५ खेलमा ५९ अंकसहित शीर्षस्थानमा छ । भने रियलको २६ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment