कोरोना अपडेट : आज थपिए १२० कोरोनाका संक्रमित

२१ फागुन, काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट १२० जाना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा छ हजार १४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १२० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको जनाएको छ ।

थपिएका सङ्क्रमितमध्ये ५१ महिला र ६९ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा ८३ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म दुई लाख ७० हजार ७६६ जना सङ्क्रमित निको भएका हुन् । सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८५ हजार १९० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार हाल ८३२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५८ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।



मल्टिमिडिया ग्यालरी

conditioncoronacovidcovid 19digital khabarnepal
Comments (0)
Add Comment