ओली विप्लव एउटै मञ्चमा

२१ फाल्गुन, काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्।

बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको हो। सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आउन सहमति भएको छ। सहमतिसँगै सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध पनि हटाएको छ।

सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई आजबाट छाड्ने भएको छ ।

गृहको परिपत्र अनुसार उनीहरुलाई छाड्न लागिएको हो । परिपत्र अनुसार आज समूहका उपल्ला नेताहरुमध्ये धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई छाड्ने तयारी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment