आजबाट कमेडी च्याम्पियन सिजन – २ सुरुहुदै

२१ फाल्गुन, काठमाडौं । स्ट्यान्डअप कमेडी सो कमेडी च्याम्पियन सिजन– २ को आजबाट सुरु हुँदै छ । पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकिएको भन्दै कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी यो सिजन गत वर्षकोभन्दा भव्य हुने बताए । यो वर्ष आर्थिक अभाव झेल्नु नपर्ने भन्दै उनले कन्टेन्टमा केन्द्रित हुने बताएका छन् ।

कमेडी च्याम्पियन–२ का लागि ६ हजार १८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौं बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ ।

सो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट एकसाथ प्रशारण हुने छ भने ओएरआर डिजिटलबाट पनि सोही समय लाइभ हुने निर्देशक भण्डारीले बताए ।

‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रीमा विश्वकर्माले नै गर्ने छिन् ।

कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् ।

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । पहिलो सिजनको विजेता हिमेश पन्त बनेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment