ग्रामीण दूरसञ्चार विकास कोष परियोजनामा पुराना उपकरण राखेको सञ्चारमन्त्रीको आरोप

२० फागन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर सञ्चालन गरिएका परियोजनामा पुराना उपकरणहरु प्रयोग गरिएको गुनासो गरेका छन् ।

मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणको २३ औं वार्षिकोत्सवको अवसर पारेर ग्रामीणका परियोजनाहरुमा पुराना र काम नलाग्ने उपकरणहरु प्रयोग गरेको आशंका गरेका हुन् ।

उनले आफ्नो जिल्लामा समेत सोहि परियोजनाअन्तरगत जडान गरिएका दूरसञ्चार तथा इन्टरनेट सेवा जडान गरेपनि त्यसमा पुराना उपकरणहरु प्रयोग गरिएको बताएका हुन् ।

‘मेरो जिल्लामा पनि इन्टरनेट सेवा पुर्याएको छ तर त्यसमा सबै पुराना डिभाइसहरु प्रयोग गरिएको मलाई त्यस्तो लाग्छ,’ उनले भने, ‘कता कता त्यस्तो पनि भएको छ कि ? विगतमा भएको भए त्यसमा पनि समिक्षा गरौं ।’

उनले त्यसको बारेमा अनुगमन गर्न प्राधिकरणलाई आग्रह गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment